|

उदयपुरः उदयपुरको कटारी नगरपालिका १४ घुर्मी पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मृत्यु भएका व्यक्तिको सनाखत हुन सकेको छैन। ओखलढुंगाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ५६१५ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्यु भएका एक व्यक्तिको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ।

जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार अन्दाजी ४५ बर्षका पुरुष व्यक्ति ठक्करबाट गम्भीर घाइते भएका थिए। उनलाई उपचारको लागि स्थानीय अस्पताल हुँदै थप उपचारको लागि काठमाडौं लैजाने क्रममा बाटामै मृत्यु भएपछि कटारी अस्पतालमा राखिएको एसपी राईले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.