|

काठमाडौं : मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले शनिबार लाओससँग खेल्दैछ। 

खेल मलेसियाको नेगेरी रङ्गशालामा दिउँसो सवा २ बजे हुनेछ। समूह ए को विजेता नेपालले समूह बी को उपविजेता लाओससँग खेल्न लागेको हो। तीन टोली सहभागी समूह एमा दुई खेल खेलेको नेपालले एक खेलमा जित तथा एक खेलमा गोलरहित बराबरी खेलको थियो। 

त्यसैगरी समूह चरणको खेलमा तीन खेल खेलेको लाओसले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । शनिबार नै हुने अर्को सेमिफाइनलमा मकाउ र ब्रुनाई भिड्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.