|

काठमाडौंः आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने पुनः ओरालो लागेको छ। 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक तीन दशमलव शून्य आठ विन्दुले घटेर एक हजार १४१ दशमलव १० विन्दुमा पुगेको छ । यस्तै क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत आज शून्य दशमलव ७६ विन्दुले घटेको छ । कूल १६४ कम्पनीको १२ लाख ८६ हजार ५७५ कित्ता शेयर रु ३८ करोड ३२ लाख ९३ हजार १२० मूल्यमा खरीद बिक्री भएका छन्। 

स्टककाअनुसार कारोवार भएका दश उपसमुहमध्ये आज तीन उपसमूहको मात्रै शेयर कारोवारमा वृद्धि भएको छ। त्यसमा वित्त शून्य दशमलव एक सात, उत्पादन १३ दशमलव ८१, अन्य शून्य दशमलव ६२ विन्दुले बढेको छ । बैंकिङ दुई दशमलव ६८, होटल १४ दशमलव ६८, विकास बैंक एक दशमलव ९३, जलविद्युत् तीन दशमलव आठ, निर्जीवन बीमा २८ दशमलव नौ, लघुवित्त १० दशमलव २५ र जीवन बीमा २५ दशमलव ७३ विन्दुले घटेको छ। 

घटेको बजारमा गुह्येश्वरी मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, प्रोग्रेसिभ फाइनान्स, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, सेन्ट्रल फाइनान्स कम्पनीका शेयरधनीले कमाएका छन्। मन्जुश्री फाइनान्स कम्पनी, नेपाल सेवा लघुवित्त वित्तीय संस्था, आरएमडिसि लघुवित्त वित्तीय संस्था, पञ्चकन्या माई हाइड्रो पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.