राजनीति

मुख्यमन्त्री भट्टको पुत्ला दहन
SHARES

मंसिर २५, २०७५

    धनगढीः बलात्कारपछि हत्या गरिएकी कंचनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्तका हत्यारालाई कारबाही गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघ कैलालीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्ला दहन गरेको छ। पन्तका हत्यारालाई सरकारले संरक्षण गरेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री भट्टको पुत्ला जलाएको हो।

    निर्मलाको बलात्कारपछि हत्या भएको ४ महिना भन्दा बढी समय वितेपछि सरकार हत्यारा सार्वजनिक गर्न असफल भएको र सरकारलाई दबाब दिन आन्दोलन गरिएको नेविसंघ कैलालीका अध्यक्ष भेष बहादुर बमले बताए।

    सरकारले अनुसन्धानका नाममा सोझा साझा जनतालाई दुख दिइरहेको भन्दै नेबिसंघ आन्दोलित भएको हो।  उनीहरुले गृहमन्त्री राम बहादुर थापाको राजीनामाको समेत माग गरेका छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]