|

काठमाडौं : केन्द्रीय समितिको आकार १४ सय ९९ जनाको बनाएकोमा आलोचना खेपिरहेको नेकपा माओवादी केन्द्रले यसलाई घटाएर १ सय ५१ जनामा झार्ने भएको छ। आउँदो माघमा हुने महाधिवेशनबाट केन्द्रले केन्द्रीय समितिको आकार १ सय ५१ सदस्यीय बनाउने भएको छ। 

आइतबार बसेको माओवादी केन्द्रको कार्यालय समितिको बैठकमा संगठन समायोजन समितिका संयोजक वर्षमान पुन नेतृत्वको कार्यदलले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको हो। 

बिभिन्न माओवादी घटकहरुसँग एकतापछि एमाओवादीले महाधिवेशन आयोजक समिति सदस्यको संख्या १४ सय ९९ पुर्‍याएकोमा पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ। 

बैठकमा पुनले जिल्ला कमिटी ७५ सदस्यीय र प्रदेश कमिटी ९९ जनाको बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन्। सो प्रस्तावमाथि छलफल भने भएको छैन। असार १५ गते बस्ने पार्टीको अर्को बैठकमा सो प्रस्तावमाथि छलफल हुने प्रवक्ता पम्फा भुसालले थाहाखबरलाई जानकारी दिइन्।

गत ६ जेठमा माओवादी कएता भएपछि शुरुमा ६ सय ९९ जनाको केन्द्रीय समिति बनाइएको थियो। त्यसपछि बढाएर १ हजार ९९ र १४ सय ९९ पुर्‍याइएको थियो। माओवादी केन्द्रले बिभिन्न पार्टीबाट एकता भएर आएका नेता कार्यकर्ताहरुको समायोजनका लागि महाधिवेशन आयोजक समितिको आकार बढाउनुपरेको बताउँदै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.