|

गुल्मी : गुल्मी जिल्लाको सत्यावती गाउँपालिकामा विद्‍यालय निरीक्षक नहुँदा दैनिक कार्य र शिक्षा शाखामा समस्या आएको छ। गाउँपालिकामा विद्‍यालय निरीक्षक नहुँदा विद्‍यालयसम्बन्धी योजना निर्माण , अनुगमन , कक्षा थपघट गर्ने  अनुमति दिने लगायतका विषयमा समस्या आउने गरेको जिल्ला शिक्षा तथा समन्वय एइकाइका शाखा अधिकृत झबिलाल विश्वकर्माले बताए । 
लामो समयदेखि विद्‍यालय निरीक्षक का साथै स्रोत व्‍यक्ति पनि नहुँदा शिक्षक नियुक्तिलगायत अन्य कार्यहरु गर्न नपाउँदा पालिकाले शिक्षासम्बन्धी कार्यहरुलाई सोचेअनुसार अगाडि बढाउन नसकेको पालिकाका प्रमुख पारिश्वर ढकालले बताए। ढकालका अनुसार विद्‍यालय निरीक्षक आवश्यक परेको भन्दै शिक्षा सचिवसमक्ष पनि समस्या राखेको तर हाल सम्म पनि विद्‍यालय निरीक्षक नहुँदा चन्द्रकोट गाउँपालिकाबाट विद्‍यालय निरीक्षक बोलाएर काम चलाउन पर्दा समस्या आएको ढकालले बताए ।

गाउँपालिका स्थापना भएपश्चात नै विद्‍यालय निरीक्षक र स्रोत ब्याक्ति पनि नहुँदा दैनिक कार्य र शिक्षासम्बन्धी कार्यहरु गर्न कानुन निर्माणसँगै अन्य शिक्षासम्बन्धी दैनिक समस्याहरु झेल्नुपरेको स्थानीयहरु  लगायत शिक्षा प्रेमी र गाउँपालिका स्रोतले जनाएको छ ।  संघिय संरचना अनुसार प्रत्येक स्थानीय तहमा एकजना विद्‍यालय निरीक्षक रहने व्‍यवस्था भए पनि सत्याबती गाउँपालिकामा भने स्थानीय तह स्थापना भएदेखी नै विद्‍यालय निरीक्षक नभएको पालिकाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.