|

काठमाडौं : विवादबीच नेपाली कांग्रेसको भातृ संगठन तरुण दलको चौथो केन्द्रीय महाधिवेशन शनिबारबाट पोखरामा सुरु भएको छ।

महाधिवेसनको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरे। महाधिवेशनमा भक्तपुर र सप्तरी बाहेक ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहेको तरुण दलले जनाएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनको बन्द सत्र आइतबार बिहान ८ बजे पोखरा सभागृहमा सुरु हुने तरुण दलका नेता टेकराज पौडेलले जानकारी दिए। तर ८–१० जिल्लामा प्रतिनिधि विवाद रहेको र विधान टुंगो नलागेकोले तोकिएकै समयमा शुरु हुनेमा भने आशंका छ।

बन्द सत्रपछि सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुनेछ।

सहमतिमै नेतृत्व चयको प्रयास

महाधिवेशनको नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भैरहेको छ। देउवा पक्षलाई अध्यक्ष, पौडेल पक्षलाई महामन्त्री र सिटौला पक्षलाई कोषाध्यक्ष दिएर सहमति गर्ने प्रयास भैरहेको छ। नेताहरुले उदघाटन शत्रमा बोल्दै मिलेर जान सुझाव दिएका छन । तरुण दलको अध्टेयक्कषमा टेकराज पौडेल, जन्मजय तिमिल्सिना, मेदनी प्रसाद सिटौला, दामोदार कोइराला, नागेश्वर यादब, लक्ष्मी खतिवडा, पदम पालुङ्ग्वा, कर्ण मल्ल, सिद्दार्थ कोइराला लगायतको दाबी छ।

चुनावका लागि गाउँ पस्‍न देउवाको निर्देशन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावका लागि गाउँ पस्‍न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। महाअधिवेशन उद्घाटन गर्दै देउवाले एमालेले जनतालाई भ्रम फैलाउने काम गरेको आरोप लगाए। उनले कुनैपनि हालतमा तीनैवटा निकायको चुनाव जित्नैपर्ने र यो नेपाली कांग्रेसको अन्तिम मौका भएको बताए।

देउवाले सबैलाई समेटेर सन्तुलित ढंगले नयाँ कार्यसमिति चयन गर्न सुझाव दिए। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्ट दलहरुलाई शान्त पारी चुनावको बाटो खुलाउनुपर्ने बताए। पौडेलले मधेसी मोर्चा तथा संघीय गठबन्धनमा आबद्ध दलहरुलाई संविधान संशोधनका लागि लचिलो हुन आग्रह गरे। प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीले असन्तुष्ट दलहरुलाई राष्ट्रिय एकता र अखण्डता कायम हुनेगरी संविधान संसोधन गर्सनुपर्भाने बताए। पौडेलले एक्लै पार्टी चलाउने प्रयास गरे सफल नहुने चेतावनी सभापति देउवालाई दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.