|

काठमाडौं : मन्त्रालयका कामलाई थाती राखेर मन्त्रीहरु जिल्ला भ्रमण गर्नेक्रम पछिल्ला समय बढेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार चालु आर्थिक वर्षमा मन्त्रीका लागि अनुगमन तथा मूल्यांकनमा एक करोड २३ लाख विनियोजन गरिएको थियो। सोमध्ये साढे चार महिनामै मन्त्तीहरुले ७२ लाख ६३ हजार ४२ रुपैयाँ घुमेरै सकेको छ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।

जिल्ला भ्रमणका क्रममा मन्त्तीहरुले भ्रमण तथा हवाइ टिकटमा मात्रै ५४ लाख ५७ हजार ६४२ रुपैयाँ खर्च गरेका छन् भने दैनिक भ्रमण भत्ताबापत उनीहरुले १७ लाख ६५ हजार ८०० रुपैयाँ राज्यकोषबाट बुझोको समाचार राजधानी दैनिकमा छ।

यस अवधिमा मन्त्रीहरुले मनोमानी रुपमा राज्यकोषबाट लाखौं रुपैयाँ खर्चेर २० पटकसम्म जिल्ला भ्रमण गरेको पाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.