|

बाग्लुङ : काठेखोला गाउँपालिका–४ मनबहादुर थापा दुई दिनदेखि बेपत्ता छन्। काठेखोला–४ साँकोट घर भई हाल काठेखोला—१ अक्षेतेमा बस्दै आएका २२ वर्षीय थापा मंगलबार बिहानदेखि बेपत्ता भएको परिवारले जनाएको छ।

थापामा केही समयदेखि मानसिक समस्या देखिएको बताइको छ। मंगलबार बिहान करिब ९ बजे बाग्लुङ बजार आउने भनी घरबाट निस्केपछि सम्पर्कविहीन भएको उनका नन्दे थापाले बताए। खैरो कोट, कालो पाइन्ट र कालो जुत्ता लगाएका उनी घरबाट निस्केपछि परिवार र आफन्तको सम्पर्कमा नआएपछि प्रहरीलाई जानकारी दिएको उनका आफन्त मनिष थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.