|
सिमकोटमा  हिमपात

सिमकोट : कर्णाली प्रदेशका विभिन्न जिल्लामा बुधबार रातिदेखि हिमपात भएको छ। यहाँका हुम्ला, जुम्ला, मुगु, डोल्पा र सुदूरपश्चिम प्रदेशका बझाङ तथा बाजुराका उत्तरी क्षेत्र हिउँले सेतम्मे भएका छन्। हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। हुम्लामा यो वर्षकै दोस्रोे पटक हिमपात भएको हो।

बुधबार राति करिब ८ बजेदेखि हुम्लाको उत्तरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट, छ्रिप्रा, बराई, रोडिकोट, मेल्छाम मिमिलगायतका उत्तरी क्षेत्रमा हिमपात भएको हो। हुम्लाकोे उत्तरी नाम्खा गाउँपालिका लिमी गाउँमा भने एक फिटभन्दा बढी हिउँ जमेको  छ।

हिमपातसँगै चिसो ह्वात्तै बढेकाले गाउँमा वा सदरमुकाम सिमकोटमा सरकारी तथा गैरसरकारी कार्यलयका कर्मचारी व्यापरी समेत जाडोबाट बाँच्नका लागि हिटर, आगो बालेर तापिरहेका छन्। चिसो बढेकाले सामुदायिक  तथा निजी विद्यालयमा वार्षिक परीक्षा दिने विद्यार्थीलाई समस्या बनाएको छ। हुम्लाको तापक्रम माइनस ७ डिग्रीमा छ भने मौसम भोलिबाट सुधार आउन सक्ने मौसमविदले जानकारी गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.