|

संखुवासभा : बुहारी भएपछि घरधन्दा र चुलोचौकामा सीमित हुनु पर्छ भन्ने मान्यता पहाडी भेगमा पनि हट्न थालेको छ। पूर्वी पहाडी जिल्ला संखुवासभाकी सुजना घिमिरे सुवेदी जिल्लाकै पहिलो महिला टेम्पो चालक बनेकी छन्। उनले टेम्पो चलाएर मासिक ५० हजार आम्दानी गर्दै आएकी छन्।

खाँदबारी नगरपालिका–५ की सुजनाले चार महिनाअघि टेम्पो चलाउन सुरु गरेकी हुन्। उनका श्रीमान माध्यमिक तहका शिक्षक हुन्। तर एक जनाको कमाइले परिवार धान्न समस्या परेपछि टेम्पो चलाउन थालेको उनले बताइन्।

सुजनालाई अरुले गरेको भन्दा फरक ढंगले आफ्नै खुट्टामा उभिन पाउँदा गर्व लागेको बताइन्। सुरुका दिनमा केही असहज लागे पनि बिस्तारै सहज हुन थालेको उनको भनाइ छ। घरपरिवारको सहयोग पाए पनि टेम्पो चलाउँछु भन्दा समाजले नपत्याएको सुजनाको अनुभव छ। जिल्लामा महिला चालक नभएकाले सुजनाले पहिलो पटक टेम्पो चलाउँदा सदरमुकामका मानिसहरु आश्चर्य मानेका थिए। उनलोे अहिले श्रीमानको भन्दा बढी कमाइ गरिरहको बताउँछिन्। उनको चार महिनाको अवधिमा २ लाख ५० हजार रुपैयाँ कमाइ भइसकेको बताइन्।

सुजना भन्छिन्, 'गरेदेखि जे पनि हुन्छ, आँट र शाहस लिनु पर्छ। आफ्नो कर्ममा कर्तव्यनिष्ठ हुनु पर्छ सफल कुनै हालतमा पनि हुन्छ।' अहिले संखुवासभामा सुजना एक मात्र महिला टेम्पो चालका हुन्। पहिलो नम्बरमा नै जिल्लामा महिला टेम्पो चालक भएकोमा र यो पेशाप्रति सन्तुष्ट रहेको सुजनाको भनाइ छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.