|

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाको जग्गा कब्जा गरेको घोषणा गरेको छ।

काभ्रेको पनौती–१ मा रहेको १ सय १४ रोपनी जग्गामा झण्डा गाड्दै विप्लव माओवादीले कब्जा गरेको घोषणा गरेको हो। मुरारकामाथि भुमाफिया र कालोबजारीको नाइके भएर कर छलीमा संलग्‍न भएको आरोप विप्लव माओवादीले लगाएको छ। उनले दलाल, भ्रष्ट र माफीयाहरुलाई प्रोत्साहन र संरक्षण गरेको आरोप विप्लव माओवादीले लगाएको छ।

विप्लव माओवादीले जग्गा जनताका नाममा नगरेसम्म किनबेच गर्न नदिने बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • यो कब्जा गरिएको जग्गा पास गरिदिनुपर्ने जनता चाहीँ को रहेछन ? नाम ठेगाना जान्न पाए हुन्थ्यो नि ।