|

जनकपुरधाम : सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवमा पाकेट मारी गर्ने ६३ जनालाई प्रहरीले पक्राउ गरेको छ। विवाह पञ्चमी महोत्सवको मुख्य आकर्षण दिन अत्यधिक भीडभाडको मौका छोप्दै पाकेट मारी गर्ने क्रममा महिलासहित ६३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

महोत्वको क्रममा पक्राउ परेका मध्ये करिब ४५ जना महिला रहेको धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक गोबिन्द थपलियाले जानकारी दिए। उनकाअनुसार पक्राउ परेका ६३ जना मध्ये आधा बढी भारतीय नागरिक रहेका छन्। उनले भने,‘पक्राउ परेका धेरै जनासँग परिचय पत्र छैन। नाम र ठेगाना पनि ढाट्ने गरेका छन्।’ पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको र चोरी गरेको प्रमाण भएकालाई मुद्दा चलाउने पनि जानकारी दिए। प्रमाण नभएकालाई साधारण तारेखमा रिहा गर्ने उनको भनाई छ।

विवाह पञ्चमीको अवसरमा हरेक वर्ष सयौं श्रद्धालुहरूको जनधन तथा पाकेटमारीबाट सुरक्षित रहनका लागि सादा तथा पोशाकमा खटाइएको प्रहरीको समूहले उनीहरूलाई पक्राउ गरेको प्रहरी उपरीक्षक थपलियाले जानकारी दिए। यसवर्ष भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सुरक्षा अवस्था कडा पार्नेदेखि लिएर लुटपाटको घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन गरिएकोमा त्यस्तो कुनै अमानवीय घटना नभएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.