|

दाङ :  तुलसीपुरको एक जुतापसलमा भीषण आगलागी भएको छ। तुलसीपुर ५ विरेन्द्र चोक नजिक रहेको भीमप्रसाद घिमिरेको घरमा रहेको जुताको होलसेल पसलमा आगलागी भएको प्रहरीले बताएको छ। 

शुक्रबार बिहान सवा ६ बजेदेखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए। उनका अनुसार आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना , स्थानीय खटिएका छन्। ३ तलाको घर र घरभित्र रहेका सम्पूर्ण समाना पूर्ण रुपमा जलेर नष्ट भएको छ।

आगलागी भएको समयमै थाहा पाएपछि घरमा भएका सबै मानिस बाहिर निश्किएकाले मानबिय क्षति नभएको प्रहरी नायब उपरीक्षक शाहीको भनाइ छ। आगलागीको कारण र क्षति भएको एकीन अझै खुल्न सकेको छैन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.