|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लीग लिडर मनाङ मस्र्याङ्दीले त्रिभुवन आर्मीसँग भिड्ने भएको छ। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार दिउँसो साढे २ बजे हुने खेलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने दाउमा मनाङ हुनेछ। अहिलेसम्म खेलेका सातै खेलमा जित निकालेको मनाङ अपराजित यात्रा कायम राख्ने दाउमा छ। १७ अंकसहित तालिकाको चौथो स्थानमा रहेको आर्मी मनाङलाई रोक्दै उसँगको अंक दुरी घटाउने प्रयासमा हुनेछ। मनाङ २१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ।

शुक्रबार नै बिहान ११ बजे हुने खेलमा नेपाल पुलिस क्लब र फ्रेण्ड्स क्लब भिड्दैछन्। अहिलेसम्म खेलेका सातमध्ये ३ खेलमा जित र २ बराबरी गरेको पुलिस ११ अंकसहित तालिकाको पाँचौं स्थानमा छ। अंकतालिकाको एघारौं स्थानमा रहेको फ्रेण्ड्स क्लबले भने ५ अंक मात्रै जोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.