|

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको बानेश्वर सब स्टेशनबाट विद्युत आपूर्ति हुने ठाउँमा आइतबार र सोमबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म आपूर्ति बन्द हुने भएको छ। 

६६ केभीको सर्किट ब्रेकर फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणको काठमाडौं ग्रीड महाशाखाले जनाएको छ। बानेश्वर सब स्टेशनबाट विद्युत आपूर्ति हुने फिडरहरु शंखमूल, संसद भवन, धोबीखोला, बागमति, कोटेश्वर, एयरपोर्ट, बानेश्वर, लुभु, ईमाडोल १ र २, न्यू एयरपोर्ट र गोठाटार क्षेत्रमा दिनभर बिजुली हुने छैन। 

शुक्रबार दिउँसो बानेश्वर सब स्टेशन अन्तर्गत ईमाडोल फिडरमा समस्या आएर ८ घण्टा विद्युत अवरुद्ध भएको थियो। के कारणले समस्या आयो भन्ने यकिन नभएपनि ठूलै सर्ट सर्किट भएको हुनसक्ने अनुमान गरिएको र थप समस्या निम्तिन नदिन सर्किट ब्रेकर नै फेर्न लागिएको प्राधिकरणले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.