|

काठमाडौं : तरुण दलको चौथो केन्द्रीय महाधिवेशन अन्तर्गत आइतबार बन्द सत्र हुँदैछ। 

प्रतिनिधि विवादका कारण बन्द सत्र शुरु हुन ढिलाई भइरहेको तरुण दलका नेता राजु कँडेलले जानकारी दिए। विभिन्न जिल्लाको प्रतिनिधि विवाद रहेको र विधान टुंगो नलागेकोले बन्दसत्र सुरु हुन समय लाग्ने देखिएको कंडेलले बताए। 

महाधिवेशनमा भक्तपुर र सप्तरी बाहेक ७३ जिल्लाका एक हजार ४ सय प्रतिनिधिको सहभागिता रहेको तरुण दलले जनाएको छ। सोमबार नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कायक्रम तय भएको छ। 

तर, नेतृत्व सहमतिमा चयन गर्ने प्रयास भइरहेको तरुण दलले जनाएको छ। देउवा पक्षलाई अध्यक्ष, पौडेल पक्षलाई महामन्त्री र सिटौला पक्षलाई कोषाध्यक्ष दिएर सहमति गर्ने प्रयास भइरहेको छ।

जीतजंग बस्नेत, टेकराज पौडेल, जन्मजय तिमिल्सिना, मेदनी प्रसाद सिटौला, दामोदार कोइराला, नागेश्वर यादब, लक्ष्मी खतिवडा, पदम पालुङ्ग्वा, कर्ण मल्ल, सिद्दार्थ कोइराला लगायतले अध्यक्षमा दावी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.