|

काठमाडौं : भीमसेनदास प्रधान काठमाडौं क्षेत्र नम्ब। ६ का निर्वाचित सांसद हुन्। उनी काठमाडौं महानगरपालिका–२७ का स्थायी बासिन्दा हुन्।

कान्तिपुर दैनिक लेख्छ, २०७४ भदौ १९ मा रक्षामन्त्रीको हैसियतमा उनले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार काठमाडौंमा उनको सगोलमा घर छ। उनले २०७४ फागुनयता नियमित घरभाडा लिइरहेका छन्। संसद् सचिवालयले प्रधानलाई मासिक घरभाडा उनकै बैंक खातामा पठाइदिने गरेको छ।

‘रक्षामन्त्री हुँदा सुरक्षाकर्मी राख्ने ठाउँ नभएपछि क्षेत्रपाटीस्थित सासूको घरमा बसेँ। सासुलाई अन्यत्र सार्नुपर्ने भएकाले मन्त्री हुँदादेखि सरकारबाट भाडा लिइरहेको छु’, उनले भने, ‘सरकारबाट मैले लिएको भाडा सासूलाई तिर्ने गरेको छु।’

घरभाडा लिने सांसदको सूचीको २३५ नम्बरमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको नाम छ। बालुवाटारमा घर भडा लिएर बसेका उनले केही समयपछि त्यही घर किने। उनी अहिले पनि त्यहीँ बस्छन।

राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो पनि घरभाडा लिने सांसदमा पर्छन्। २०६८ कात्तिक २८ मा सार्वजनिक सम्पत्ति विवरणमा उनले काठमाडौंमा घर भएको उल्लेख गरेका थिए। घर हुँदाहुँदै सरकारबाट घरभाडा बुझ्ने सांसदको सूची लामै छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.