|

भक्तपुर : इँटाभट्टामा काम गर्ने एक वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

सुर्यविनायक नगरपालिका–९ नंखेलस्थित जिरो हनुमान इँटाभट्टामा काम गर्ने ६० वर्षीया वृद्धालाई मंसिर २५ गते बलात्कार गरेको उजुरीको आधारमा सोही इँटाभट्टामा कार्यरत बाग्लुङको धारापानी गाउँपालिका–३ का ३६ वर्षीय अमरबहादुर  बिक पक्राउ परेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत रेवतीरमण पोखरेलले जानकारी दिए।

बिकलाई जबरजस्ती करणी मुद्दामा अदालतमा पेश गरी अनुसन्धान कार्य अगाडि बढाइएको पोखरेलले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.