|

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले व्यावसायिक तरकारी खेती गर्नेलाई अनुदान दिने भएको छ। उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले व्यावसायिक तरकारी खेती गर्ने किसानहरूलाई प्राविधिक उपकरण, डिपवोरिङ, बीउ अनुदान लगायतको सहयोग गरिने बताए। '३० कठ्ठा सम्ममा बगर खेती गर्नेलाई १ लाख बराबरको विभिन्न सहयोग गर्नेछौँ, पाण्डेले भने। उनले व्यावसायिक रूपमा वसन्ती मकै खेती गर्ने किसानलाई बीउको सम्पूर्ण अनुदान दिने समेत बताए। 'व्यवसायका लागि खेती गर्ने किसानहरुलाई कुनै पनि कुराको कमी हुन दिँदैनौँ' पाण्डेले भने। उनले उत्पादन वृद्धिका साथै बजारीकरणका लागि पनि उपमहानगरपालिकाले सहयोग गर्ने बताए।

उपमहानगरपालिकाको कृषि शाखाले व्यावसायिक तरकारी खेतीतर्फ किसानहरूलाई आकर्षित गर्नका लागि सबैलाई जम्मा पारेर विभिन्न खेतीका बारेमा जानकारी दिएको छ।  कार्यक्रममा किसानहरूलाई वसन्ते मकै र बगर खेतीका बारेमा जानकारी दिइएको थियो।

कार्यक्रममा वसन्ते मकै खेतीका बारेमा जानकारी दिँदै कृषि शाखाका प्राविधिक सहायक शंकर न्यौपानेले वर्षमा ३ बाली लगाउन सकिने बताए। व्यावसायिक रूपमा खेती गर्ने किसानहरुका लागि वसन्ते मकै निकै उपयोगी भएको न्यौपानेले बताए। प्राविधिक न्यौपानले एक कठ्ठामा मकै खेती गर्नका लागि २ हजार जति लागत लाग्ने र १० हजारसम्मको आम्दानी हुने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.