|

काठमाडौं : नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ। बैठकमा आज बस्ने नेकपाको स्थायी कमिटीको बैठकको एजेन्डाबारे छलफल भइरहेको छ। दिउँसो १ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्दै छ।

स्थायी कमिटी बैठकमा सचिवालय बैठकले गरेका निर्णयलाई अनुमोदन गराउने, सरकारको काम कारवाही,तल्लो तहसम्मको पार्टी एकतालाई व्यवस्थापन गर्ने र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ।  यसअघि असारमा स्थायी कमिटी बैठक बसेको थियो। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भए पनि लामो समयसम्म स्थायी कमिटी बैठक बस्न नसक्दा नेतृत्वको आलोचना भएको थियो। 

स्थायी कमिटी बैठक नबस्दा पार्टी एकीकरण प्रक्रियासमेत लम्बिएको छ। बैठकमा सचिवालय बैठक प्रदेश कमिटीलाई पूर्णता दिए पनि जनवर्गीय सङ्गठन र जिल्ला कमिटीको भने एकीकरण हुन सकेको छैन। शनिबार बस्ने बैठकले जनवर्गीय र जिल्ला कमिटीको एकतालाई निष्कर्षमा पुर्‍याउनेछ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.