|

भक्तपुर : भक्तपूर आर्टिष्ट ग्रुपले सांस्कृतिक कार्यक्रम गरी मञ्जु मोक्तानलाई ३ लाख ६० हजार रुपैयाँ सहयोग प्रदान गरेको छ। 'मञ्जु मोक्तान बचाउ' अभियान अन्तर्गत ग्रुपले आयोजना गरेको बृहत सांस्कृतिक कार्यक्रमबाट संकलित सहयोग रकम प्रदान गरिएको हो। 

तामाङ गायक गायिका तथा चलचित्रकर्मीहरुले गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रममा उपस्थित अतिथि तथा दर्शकबाट संकलित ३ लाख एक सय ६० रुपैया रकम बिरामी मञ्जु माया मोक्तानलाई प्रदान गरिएको आयोजकले जनाएको छ। 

कार्यक्रमका समाजसेवी सत्यमान लामाले एक लाख १० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए भने अतिथि चलचित्रकर्मी खलनायक बिकु थोकरलगायतले सहयोग प्रदान गरेका थिए। गायक विश्व दोङ, विशाल काल्तान, सजिव वाईवा, निमा दोङ, शुक्र दोङ, कुमार तामाङ, जितु लोप्चन, टेक घिसिङ, जिग्मे छ्योकी घिसिङ, श्याम पाख्रिनलगायतले आफ्नो प्रस्तुती राखेका थिए। यसैगरी सरस्वती कला केन्द्र, पिपुल्स कला केन्द्र, बिहानी कला केन्द्रबाट नृत्य प्रस्तुत गरेका सन्चारकर्मी सुदिन दोङले जानकारी दिए। 

काभ्रे चापाखरी-२ मेटुवाल घर भई हाल काठमाडौं, बौद्धमा बस्दै आएकी २३ वर्षीया मन्जुमाया मोक्तान तामाङ अत्यधिक ज्वरोका कारण दुवै कान नसुन्ने भएकी छन्। गरिबीको कारण लामो समयदेखि उपचार गर्न नसकेकी उनलाई देश-विदेशमा रहेका संघसंस्था, समाजसेवीले आर्थिक सहयोग जुटाइरहेका छन्। 

मन्जुलाई चिकित्सकले उपचार गर्न ढिलाई भएको कारण कानका नशाहरु पुरै सुकिसके भन्दै तुरुन्त उपचार गर्नुपर्ने सुझाव दिएको छ। शल्यक्रिया गर्न कम्तिमा २२ लाख लाग्ने अस्पताल स्रोतले जनाएको बिरामीका आफन्तले बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.