|

काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली कांग्रेस भित्र एकता कायम गर्नुपर्ने बताएका छन्। उनले कांग्रेस आन्तरिक रुपमा कमजोर भएकाले सरकारले गरेका गलत कामको पनि विरोध हुन नसकेको बताए। 

नेपाली कांग्रेसको महासमिति बैठकको उद्घाटन शत्रमा बोल्दै केसीले एकताबद्ध हुनका लागि कांग्रेस नीतिसंगत तरिकाले चल्नुपर्ने बताए। अहिले ३३ किलो सुन तस्करी काण्डका सबै आरोपीहरु छुटिरहेको र वाइडबडीमा भएको घोटलामासमेत कांग्रेस बोल्न नसकेकोमा केसीले दुःख व्यक्त गरे। उनले गुटमा विभाजित भएर नेताहरुले विवेकलाई धरौटीमा राख्न नहुने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.