|

काठमाडौंः नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्।

शनिबारदेखि राजधानी काठमाडौंमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व महामन्त्री रानाभाटले विगतमा राणासँग लडेको नेपाली कांग्रेसको शक्ति क्षीण हुँदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याए।

मुलुकका ठूला ठूला राजनीतिक परिर्वतनमा ठुलो योगदान रहेको कांग्रेसको वर्तमान अवस्था नाजुक हुँदै गएको भन्दै उनले त्यसको गम्भीर समीक्षा गरिनुपर्ने बताए। आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर हुदै गएको भन्दै उनले पार्टी भित्रका सबै विकृतिको अन्त्य महासमिति बैठकले गर्न सक्नुपर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.