|

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीमा अहिले निराशा हुने बेला आइनसकेको बताएका छन्। कांग्रेस महासमिति बैठक उद्‍घाटनपछि महासमिति सदस्यहरूले धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन्।

उनले देशले भोगेका समस्याहरू अब  चाँडै अन्त्य हुने बताए।  उनले कांग्रेसजन निराश हुने अवस्था भने नभएको बताए। 'असन्तुष्टिका कुरा सबैका हुन्छन् मलाई पनि सभापतिले राम्रो बोले हुन्छ भन्ने लागेको छ। धेरै बोल्दै हुन्थ्यो जस्तो लाग्छ। राम्रो बोलेर पार्टी चल्दैन। उहाँमा पार्टी चलाउने खुबी छ' नेता महतले भने, 'तर बुझाउन सक्ने खुबी छैन। उहाँले निर्वाचन गर्नुभयो नहुने अवस्थामा पनि। सुशील कोइराला पनि राम्रो बोल्न जान्नुहुन्नथियो। उहाँको पनि बोली बुझिँदैन थियो तर संविधान बनाउनुभयो।' पार्टीका समस्या र गुनासा पार्टीमै गरेर समाधान निकाल्नुपर्नेमा उनको जोड छ।  कम्युनिस्टहरूले आफूहरूलाई मुख्य सत्रु माने पनि आफूहरूले उनीहरूलाई प्रतिस्पर्धी मात्र मानेको उनको भनाइ थियो। 

०६४ सालमा पनि नमिलेको एमाले माओवादी मिले मधेशसवादी मिले तर कांग्रेस  समानुपातिकमा ३३ प्रतिशत भए पनि ओझेलमा परेको उनको गुनासो थियो। मधेशवादी दल अवसरवादी हुन् भन्ने कुरा पूरा  मधेशमा बुझाउन बाँकी रहेको र त्यो काम नेपाली कांग्रेसले गर्नुपर्नेमा उनको जोड छ। 'हामीले अब पार्टी एक बनाउँदै अभियान चलाउनुपर्छ। कम्युनिस्टबाट हामीले संगठन निर्माण गर्न र प्रचार गर्न सिक्नुपर्छ' उनले भने। कांग्रेसले आफ्ना काम र विचारको विज्ञापन गर्न जरूरी रहेको उनले सुनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.