|

काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले धार्मिक स्वतन्त्रताका नाममा नेपाललाई तहस नहस पार्न खोजिएको बताएका छन्। उनले धार्मिक स्वतन्त्रताको विषय नेपालका लागि चुनौतिको विषय भएको बताए। 

नेपाली कांग्रेसको महासमिति बैठकमा बोल्दै उनले कांग्रेस भित्र भएको बेमेल प्रति चिन्ता समेत प्रकट गरे। कांग्रेस भित्रका गुटले कार्यकर्तामा निरासा छाएकोसमेत बताए। उनले महासमितिको बैठकबाट सबै बेमेलहरुलाई विर्सिएर अघि बढ्नुपर्ने बताए।

बैठकले पार्टी निर्माणमा स्पस्ट मार्ग चित्र कोर्न जरूरी रहेको उनले बताए। ‘बैठकमा अब तपाईंहरूको अनुभवमा पार्टीलाई कसरी अघि बढाउन सकिन्छ त्यतातिर सोचेर आफ्ना धारणा राख्नुहोला। महासमितिमा सबैको नजर छ,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.