|

सोलुखुम्बु : सोलुखुम्बु पत्रकारीता पुरस्कारबाट जिल्लामा क्रियाशिल दुई जना रेडियोकर्मि सम्मानित भएका छन्। 

नेपाल पत्रकार महासंघ सोलुखुम्बुले यो वर्ष देखि सुरु गरेको सोलुखुम्बु पत्रकारीता पुरस्कारबाट सोलु एफ.एमका कार्यकारी निर्देशक नुतन श्रेष्ठ तथा हिमाल एफ एमकी बजार प्रमुख विना राई सम्मानित भए।

सल्लेरीमा सम्पन्न महासंघको तेस्रो साधारण सभाको अवसरमा सञ्चारकर्मिद्वयलाई  पत्रकारीको माध्यमबाट जिल्लामा विकासमा महत्वपुर्ण योगदान दिएको भन्दै सम्मान गरेको हो। जिल्लाको पहिलो सोलुखुम्बु पत्रकारीता पुरस्कारमा नगद पाच हजार पाँच सय पचपन्न, ट्रफि सहित सम्मान पत्र रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.