|

तेह्रथुम : नेपाल पत्रकार महासंघ तेह्रथुम शाखाले संस्थाको ११ औं साधारणसभाको अवसरमा पत्रकार कल्याण कोष स्थापना गरेको छ। पत्रकारहरुको जीवनमा आइपर्ने विपत्तिमा सहयोग गर्न कोषको स्थापना गरिएको हो। 

कोष स्थापनाको पहिलो दिनमा नै कोषमा एक लाख ८९ हजार ९०० रुपैयाँ जम्मा भएको महासंघका कोषाध्यक्ष दीपक कट्टेलले जानकारी दिए। कोषमा इच्छुक महानुभावहरुले सहयोग गर्न सक्ने र कोषमा सहयोग गर्नेहरुलाई सहयोग रकमका आधारमा उचित सम्मान समेत गरिने कोषाध्यक्ष कट्टेलको बताए। 

शाखाले साधारणसभाको अवसरमा अवसरमा महासंघले जिल्लाका चार जना पत्रकारलाई सम्मान समेत गरेको छ। सम्मानित पत्रकारमा महासंघ तेह्रथुमका संस्थापक अध्यक्ष महेन्द्र काफ्लेलाई तेह्रथुम पत्रकारिता विकास सम्मान २०७४, कृष्ण विदुखी गौतमलाई तेह्रथुम कृयाशील पत्रकारिता पुरस्कार–२०७४, तेह्रथुम महिला पत्रकारिता पुरस्कार–२०७४ रेडियो तेह्रथुमकी गोमा रसाइली  र सहयोगी आर्थिक पत्रकारिता पुरस्कार–२०७४ बाट रेडियो मेन्छ्यायेमकी विष्णुकुमारी राईलाई पुरस्कृत गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.