|

काठमाडौं : अहिलेका स्टार अभिनेता अनमोल केसीसँग उदयमान स्टारको ट्याग पाएका अभिनेता आशिमान देशराज जोशी भिड्ने पक्का भएको छ। अनमोल केसी अभिनित फिल्म 'क्याप्टेन'ले फागुन १७ लाई प्रदर्शन मिति तय गरेको थियो। अब त्यही मितिमा अाशिरमान स्टारर फिल्म 'द ब्रेकअप' पनि रिलिज हुने भएको छ। यसअर्थमा उनीहरुको भिडन्ता पक्का भएको हो।

'द ब्रेकअप'ले यस अघि पुस २७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो। तर, प्रविधिक कामहरु नसकिएको भन्दै निर्माण युनिटले फिल्मलाई पछाडि धकेलेको हो। 'द ब्रेकअप' निर्देशक हेमराज बिसी फिल्मको २० प्रतिशत भिएफएक्सको काम बाँकी भएकाले फिल्मलाई पछि सारिएको बताउँछन्। उनी भन्छन्, 'प्रचार प्रसारको लागि समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ।'

फगुन १७ मा नै फिल्म 'जात्रा'को सिक्वेल फिल्म 'जात्रै जात्रा'ले पनि रिलिज मिति घोषणा गरेको छ। तर, अभिनेता विपिन कार्कीको दुर्घटनाका कारण फिल्मको छायांकन रोकिएको छ। यसअर्थमा फिल्मको काम फागुन १७ मा सकिने देखिदैँन्। 'जात्रै जात्रा'ले यस मिति छोड्ने देखिन्छ।

फिल्म द ब्रेकअपमा आशिरमानसँगै शिल्पा मास्के, इच्छा कार्की, सरोज खनाल, रेमनदास श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ।

त्यस्तै, दिवाकर भट्टराईको निर्देशनमा तयार भएको क्याप्टेनमा अनमोलसँगै उपसना सिंह ठकुरी, प्रियंका एमवी, प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनालको पनि मुख्य भूमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.