|
फाइल फोटो

काठमाडौं : कोलकत्तामा शुक्रबार भेटिएको ३३ किलो सुन मोरङ उर्लाबारीका चूडामणि उप्रेती (गोरे) समूहकै हुन सक्ने भन्दै गृमन्त्रालयले अनुसन्धान सुरु गरेको छ। भारतको राजस्व अनुसन्धान विभागका कर्मचारीले कोलकत्ताको धनकुनीबाट ३३ किलो सुनसहित दुईजना नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा इटहरीका राकेशप्रसाद र हेमकुमार शर्मा रहेका छन्।

उक्त सुन गत वर्ष माघ ७ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिए पनि हराएको सुन हुनसक्ने गृहमन्त्रालयको भनाइ छ। उक्त सुन गायव भएपछि तस्कर समूहले सुनभरिया मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासमेत गरेका थिए।

सरकारले सुन तस्करी र सनम हत्याबारे अनुसन्धान गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा छानबिन समितिसमेत गठन गरेको थियो। छानबिन समितिका एकजना सदस्य महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वशन्त लामाका अनुसार सुन गोरे समूहको हुनसक्ने सम्भावना बढी देखिन्छ।

‘पुष्टि त पक्राउ परेकाहरुबाट के बयान आउँछ, त्यसको आधारमा होला तर सम्भावनाको कुरा गर्नुहुन्छ भने सुन गोरेकै समूहको हुन सक्ने सम्भावना बढी छ,’ लामाले भने। उक्त समितिले गोरेलगायत ६३ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दर्तासमेत गरेको थियो। जसमध्ये केही प्रहरीका उच्च अधिरकारीसमेत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.