|

जनकपुरधाम : जनकपुरधामको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको क्याम्पसका प्रमुखलाई विद्यार्थीले कालोमोसो दलेका छन्। राष्ट्रिय जनता पार्टी नेपालसँग आबद्ध राष्ट्रिय विद्यार्थी संघका विद्यार्थीले क्याम्पस प्रमुख विजयलाल कायस्थ दासलाई कालोमोसो दलेका हुन्।

विगत दुई हप्तादेखि नियमित रूपमा पठन पाठन हुनुपर्ने, शौचालयको उचित व्यवस्थापन गर्नुपर्ने, प्रयोगशालाको व्यवस्थापन गर्नुपर्ने लगायतका माग राख्दै धर्ना बस्दै आएका विद्यार्थीले आइतबार क्याम्पस प्रमुख दासलाई कालोमोसो दलेका हुन्। यसअघि पनि अध्ययन–अध्यापनको मागसहित विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्दै आएका थिए।

यता अवस्थालाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको प्रहरी टोलीले विद्यार्थीमाथि लाठी चार्ज गरेका थिए। लाठी चार्जको क्रममा पाँच जना विद्यार्थी घाइते भएको विद्यार्थी नेता रोशन मिश्रले जानकारी दिए। अहिले सो स्थानमा व्यापक प्रहरी परिचालन गरिएको जनाएको छ। 

कुनै बेला देशकै नाम चलेको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा केही समययता अध्ययन/अध्ययापनको माग विद्यार्थी आन्दोलित हुँदै आएका छन्। जनकपुरधामको सबैभन्दा पुरानो शैक्षिक संस्थाको रूपमा परिचित राराब क्याम्पसमा अध्ययन गर्न नपाएको भन्दै पढ्न पाउनुपर्ने मागसहित विद्यार्थीले क्याम्पसमा झण्डै दुईसप्ताहअघि तालाबन्दीसमेत गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.