|

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक वर्ष सामुदायिक अस्पताललाई वितरण गर्दै आएको रकम दुरुपयोग भएको छ। 

जनताले सस्तो र गुणस्तरीय सेवा लिन टाढा जान नपरोस् भनी सरकारले देशभरका सामुदायिक अस्पताललाई वर्षेनी करोडौं रकम वितरण गर्दै आएको छ। 

मन्त्रालयले डडेलधुराको अपी सामुदायिक अस्पताललाई दुई करोड चार लाख ६० हजार रुपैँया दियो। तर, एक वर्षपछि मन्त्रालयको टोली अनुगमनमा जाँदा अस्पतालमा सेवा लिन बिरामी नै नआएको फेला पर्‍याे। मन्त्रालयका अनुसार एक महिनामा दुई जना बिरामी सेवा लिन आएको देखिएको छ। उनीहरु पनि स्वास्थ्यकर्मी नपाएर फर्किने गरेका थिए। अस्पतालले मापदण्ड पनि पूरा गरेको छैन्।

उपक्षेत्रीय अस्पताल भन्दा करीब १५ सय मिटरमा रहेको उक्त अस्पताललाई अनुदान रकम दिन जरुरी नभएको सरकारी टोलीले ठहर गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.