|

काठमाडौं : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआवद्ध संघीय गठबन्धनले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तत्काल संविधान संशोधन प्रस्ताव दर्ता गर्न दबाब दिन स्मरणपत्र दिने भएको छ। 

बिहान साढे १० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आफूहरुले विगतको सहमति कार्यान्वयनमा दबाब दिन स्मरणपत्र बुझाउन लागेको गठबन्धनका नेता एवं संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए। 

सरकार गठनका बेला भएको तीन बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गठबन्धनले गएको शुक्रवारदेखि संदन बहिष्कार गरेको छ। संघीयता, पहिचान र समावेशीता जस्ता मुद्दालाई सम्बोधन गर्न संविधान संशोधनका लागि दबाब दिन स्मरणपत्र बुझाईने यादवले जानकारी दिए। 

सरकारले विभिन्न चारवटा विषय समेटेर संविधान संशोधनको प्रस्ताव तयार पारेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.