|

काठमाडौं : बजारमा नगद डलरको अभाव देखिएपछि नेपाल राष्ट्र बैंकले सोमबार अमेरिकी डलर ल्याउने भएको छ। 

सिंगापुरको सी.आई.एम.बी बैंकमा राष्ट्र बैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको राष्ट्र बैंकले जनाएको छ। एक सय दरका एक करोड डलर ल्याउन लागिएको हो। 

राष्ट्र बैंकले पहिलो पटक अमेरिकी डलर खरिद गरेर ल्याउन लागेको जनाएको छ। यसअघि राष्ट्र बैंकले अमेरिकी डलर बिक्री गरेर भारतिय मुद्रा आयात गर्ने गरेको थियो। पछिल्लो समय नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.