|

काठमाडाैं : संभवत पारस खड्का टिमलाई जिताउन १८ औं ओभर लिएर मैदान उत्रिएका थिए। तर उनले सोचेजस्तो भएन् १८ औं ओभरमा जितका लागि १३ रन चाहिएको काठमाडौंका केभिन ओ’ब्रायनले ३ छक्का प्रहार गर्दै १८ रन बनाएपछि चितवनको भाग्य खुलेको थियो।

टस हारेर पहिलो ब्याटिङ गरेको विराटनगरले कमजोर ब्याटिङ गर्दे १ सय रनमात्र जोड्न सक्यो। त्यसैले हारका बाबजुत रनरेटमा अघि रहन विराटनगरले १८ ओभरसम्म काठमाडौंलाई रोक्नु पर्ने भयो। १७ ओभर सम्म खेल आफ्नो पक्षमा पारेपनि १८ औं ओभरमा १३ रन जोगाउन विराटनगर असफल भयो। नlर्णायक ओभर आफै बलिङ गर्न क्रिजमा आएका कप्तान पारसलाई पहिलो, तेस्रो र पाँचौ बलमा छक्का हिर्काउँदै ओ’ब्रायनले ललितपुरसँग काठमाडौंको प्लेअफ निश्चित गरेभने चितवनलाई प्लेअफमा पुर्‍याए।

पहिलो ब्याटिङ गर्दै विराटनगरले  १ सय रन बनाउँदा सुमित मर्हजनको २५ रन सर्वाधिक रह्यो । १७.५ ओभरमानै अलआउट हुँदा हरि चौहानले २२ र कप्तान खड्काले २१ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन खराब रह्यो। प्लेयर अफ द म्याच घोषित ओ’ब्रायन अलराउन्डर उनले तीन विकेट लिएका थिए। साथै संयमित ब्याटिङ गर्दै ४५ रनमा अविजित रहे।

सोमबार विराटनगर र काठमाडौंको समुहचरणको अन्तिम खेलसँगै प्लेअफ समिकरण पनि पूरा भएको छ। ललितपुर र काठमाडौंले क्वालिफायरमा स्थान बनाउँदा भैरहवा र चितवनले इलिमिनेटर राउन्डमा प्रतिष्पर्धा गर्ने छन्। प्रतियोगितामा समूहचरणबाट पोखरा र विराटनगर बाहिरिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.