|

काठमाडौं : राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले राज्यको तहगत संरचनाको समन्वय गर्ने सन्दर्भमा सातवटै प्रदेशमा निकट भविष्यमै छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ।

संघ, प्रदेश र स्थानीय तहमा कानुन निर्माणलगायत कतिपय विषयमा समन्वयका विषयमा प्रश्न उठाइरहेको बेला समितिको मंगलबारको बैठकले विज्ञसहितको सहभागितामा सातै प्रदेशमा छलफल र अन्तरक्रिया गर्ने निर्णय गरेको सभापति दीलकुमारी रावलले जानकारी दिइन्।

समितिका पदाधिकारीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रियमा विमानस्थल निर्माणका सम्बन्धमा उठेका प्रश्न र निर्माण प्रगतिका सम्बन्धमा स्थानीयवासीसँग गरेको छलफलसम्बन्धी प्रतिवेदन बुधबार सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

समितिका पदाधिकारीले केही दिनअघि उक्त विमानस्थलको स्थलगत निरीक्षण गरेका थिए । विमानस्थल निर्माणका सम्बन्धमा वातावरण र रूख कटानका विषय जोडेर विभिन्न टीकाटिप्पणी हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.