|
File Photo

काठमाडौं : शहीद स्मारक ए डिभिजन लीग फुटबलमा बुधबार नवौं चरणका अन्तिम दुई खेल हुँदैछन्। 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विहान ११ बजे हुने खेलमा नेपाल पुलिस र ब्रिगेड ब्वाइज क्लब भिड्दैछन्। आठ खेलबाट १४ अंक जोडेको पुलिस तालिकाको पाँचौं स्थानमा छ भने एक खेल मात्रै जितेको ब्रिगेड ब्वाइज १२ औं स्थानमा छ। त्यस्तै बुधबार दिउँसो साढे २ बजे हुने अर्को खेलमा थ्रीस्टार र त्रिभुवन आर्मी क्लब भिड्दैछन्।

२१ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको थ्रीस्टार आजको खेल जितेर लीग लिडर मनाङ मर्स्याङ्दीसँगको अंक दुरी घटाउने दाउमा हुनेछ। उपाधि होडमा धक्का लाग्न नदिन पनि थ्रीस्टारलाई आज जित्नै पर्ने दबाब छ। अहिलेसम्म ९ खेल जितेको मनाङको २७ अंक छ। आर्मी १७ अंकसहित तालिकाको चौथो स्थानमा छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.