|
File Photo

काठमाडौं : एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्स भिड्दैछन्। 

खेल दिउँसो पौने एक बजे त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान किर्तिपुरमा हुनेछ। लीग चरणमा भैरहवा तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। आज खेल जित्ने टिमले पहिलो क्वालिफायरमा पराजित काठमाडौं किंग्स इलेभेनसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ। 

पहिलो क्वालिफायरमा मंगबार काठमाडौं ललितपुर प्याट्रिओट्ससँग  एक विकेटले पराजित भएको थियो। प्रतियोगिता अन्तर्गत दोस्रो क्वालिफायर भोलि र फाइनल खेल शनिबार हुनेछ। प्रतियोगिताको विजेताले २५ लाख र उपविजेताले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.