|

गुल्मी : गुल्मीमा पुनर्निर्माणका लागि दिइएको अनुदान रकम लिने लाभग्राहीले संख्या किस्तापिच्छे कम हुँदै गएको छ। 

राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय तम्घासका अनुसार जिल्लामा चार हजार १४४ घर पूर्ण रुपमा घर क्षति भएको छ। ती परिवारमध्ये तीन हजार ९३४ लाभग्राहीले पहिलो किस्ता लिएका छन्। तर, दोस्रो र तेस्रो किस्ता लिनेको संख्या भने ह्वात्तै घटेको छ।

कार्यलयको तथ्यांकअनुसार दोस्रो किस्ता लिने एक हजार ८९६ छ भने अन्तिम किस्ता लिनेको संख्या ७१६ मात्र रहेको छ। पूर्ण क्षति भएका घर निर्माण गर्नेभन्दा पनि पूर्ण लाभग्राहीको सूचीमा छुट्यौ भन्दै गुनासो फारम भर्नेको संख्या भने एक हजार ७१४ जना रहेको कार्यालयकी कम्प्युटर अपरेटर पार्वती खत्रीले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.