|

जनकपुरधाम : धनुषा र सिरहाबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनुषा जिल्लाको हंसपुर नगरपालिका ५ सुगा निकासस्थित मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्थामा एक जनालाई हतियारसहित पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ७ बस्ने बचन भनिने ३१ वर्षीय बेचन मण्डल रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका मण्डलको साथबाट ९ एमएमको पेस्तोल १ थान, प्रयोगमा भएको म्यागजिन १ थान, सोही म्यागजिनमा प्रयोग भएको गाली ६ राउण्ड सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका मण्डललाई धनुषा जिल्ला अदालत हातहतियार तथा खरखजाना मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यसैगरी सिरहामा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सिरहा जिल्लाको सखुवानन्कारकट्टी वडा नं. १ लतियाईस्थित मौवाही मिर्जापुरको भित्रि सडकखण्डबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा जिल्लाको सखुवानन्कारकट्टी वडा नं. १ बस्ने २७ वर्षीय रवीन्द्रकुमार मण्डललाई रहेका छन्। उनलाई प्रहरीले चेकजाँचको क्रममा पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए।

एनसेल टावरबाट ब्याट्री चोरी गर्ने पाँच पक्राउ

त्यस्तै, एनसेलको टावरबाट व्याट्री चोरेको चोरी गरेको आरोपमा एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको बटेश्वर गाउँपालिका १ लक्ष्मीनिबासको जन्मुक्तिचोकस्थित एनसेलको टाबरमा जडान गरिएको व्याट्री चोरी गरेको आरोपमा चोरी गिरोहका चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सिरहा नगरपालिका नारागीका रामकुमार यादव, सीतापुर ८ सिरहा बस्ने विद्यानन्द यादव, सिरहा कर्जन्हाका रोहित कुमार यादव, सप्तरी सुरुङा नगरपालिकाका मोहम्मद बुदिस र सिरहाकै लक्ष्मीपुर कटारी वडा नं. ३ बस्ने सम्पैत कुमार यादव रहेको प्रहरी जनाएको छ। पक्राउ परेकालाई हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थपालियाले बताए।

मंगलबार अवेर राति एनसेलको टावरबाट ब्याट्र खोलेर गाडीमा हाली लैजार्दै गर्दाको अवस्थामा उनीहरूलाई पक्राउ गरी बुधबार सार्वजनिक गरिएको हो।  बी.आर.३२ पी.ए.३४५४ नम्बरको भारतीय स्कारपिओ गाडीमा राखेर भाग्दै गरेको बेला बटेश्वर प्रहरी चौकीबाट गस्तीमा खटेका प्रहरी टोलीले उक्त गिरोगलाई पक्राउ गरेको प्रहरी उपरिक्षक गोविन्द थपलियाले जानकारी दिए।  गस्तीमा रहेको बटेश्वर प्रहरी चौकीका प्रहरीले रोकेर बिलबुक तथा लाईसेन्स चेक गर्न खोज्दा एक जना भाग्न खोजेपछि प्रहरीलाई शंका लागेर अनुसन्धान सुरु गरेको थियो।

प्रहरीलाई शंका लागेर चेकजाँच गर्दा चोरहरूको नाइके सिरहा नारागी बस्ने रामकुमार यादव भागेपछि खोजतलास गर्दा ४ जनालाइ तत्कालै र एक जनालाई सिरहाबाट प्रहरीले पक्राउ गरी धनुषा ल्याइएको प्रहरी उपरीक्षक गोविन्द थपालियाले जानकारी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.