|

सिरियामा तैनाथ गरिएका सबै अमेरिकी सैनिक फिर्ता हुने भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट सबै सैनिक फिर्ता गर्ने घोषणा गरेका हुन्।

अमेरिकाका एक रक्षा अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था सिएनएनले सबै सेना सिरियाबाट छिट्टै फिर्ता गरिन लागिएको लेखेको छ।

सिरियामा करिब २००० अमेरिकी सेना तैनाथ रहेको बताइएको छ। यी सेना उत्तरी पूर्वी सिरियालाई इस्लामिक स्टेटबाट मुक्त गराउन तैनाथ गरिएको बताइएको छ। उक्त क्षेत्रमा अझै पनि स्लामिक स्टेट नामक आतंकवादी संगठनसँग युद्ध जारी रहेको बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक संजाल ट्विटरमा सिरियामा आइएसआइएसलाई पराजित गरेको लेखेका छन। उनले अमेरिका सेना त्यहाँ हुनुको उद्देश्य पनि सोही रहेको उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले केही पहिले छिट्टै सिरियाबाट सेना फिर्ता गरिने बताएका छन्।

अमेरिकाले सिरियामा बसर अल असदको सरकारलाई अपदस्त गर्ने खोजेको विरोधी संगठनलाई सहयोग गर्न सेना तैनाथ गरेको बताइएको थियो। जसमा रूसले असदलाई सैन्य सहयोग गरेपछि अमेरिका पछि हटेको हो। अमेरिका आफ्नो योजनालाई पूर्णता दिन असफल भएसँगै पछि हटेको अन्तर्राष्ट्रिय संचारमाध्यममा विश्लेषण लेखिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.