|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा आज पनि आठ जना सदस्यले धारणा राखेका छन्। 

आजको बैठकमा किरण गुरुङ, पेशल खतिवडा, अमृत कुमार बोहरा, पम्फा भुसाल, लिलामणी पोखरेल, चक्रपाणि खनाल, मातृका यादव र विष्णु रिमालले राजनीतिक प्रतिवेदनका सम्बन्धमा विचार व्यक्त गरेको महासचिव विष्णु पौडेलले जनाकारी दिए। पार्टी कार्यालय धुम्बाराहीमा चलिरहेको बैठकमा अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनैतिक प्रतिवेदनमाथि स्थायी कमिटी सदस्यहरुले धारणा राखिरहेका छन्।

सोमबारदेखि निरन्तर चलेको बैठकमा आजसम्म ३४ जनाले आफ्नो धारणा राखेका छन्। अहिलेसम्म बोल्ने अधिकांश नेताले सरकारको काम कारवाही र पार्टी नेतृत्वको आलोचना गरेका छन्। बैठक शुक्रबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः सुरु हुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.