|

कहिले कलेजमा पढाउन जाने, कहिले आफ्नै ल फर्ममा काम गर्ने अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामा एकदिन अघिमात्रै बिरामी बालबालिकालाई भेट्न काँधमा उपहार बोकेर अस्पताल पुगेका छन्।

वासिंगटन डिसीस्थित बाल अस्पताल चिल्ड्रेन्स नेसनल अस्पताल पुगेर ओबामाले बालबालिकाको हौसला बढाउन क्रिसमसको अवसरमा उपहार बाँडेका हुन्।

ओबामाले सान्ता क्लजले लगाउने रातो फ्लपि टोपी टाउकोमा लगाएका छन् भने काँधमा रातो बुट्टे झोलामा उपहार बोकेका छन्।

उनलाई अस्पतालमा उपहार बोकेर आएको देखेर बालबालिका, उनीहरूका अभिभावक र अस्पतालका कर्मचारी आश्चर्यमा परेका थिए।

आफ्ना पूर्वराष्ट्रपति उपहार लिएर आएपछि बालबालिकाले सेल्फी लिएका थिए। ओबामाले अस्पतालमा ९० मिनेट बिताएको बताइएको छ।

अस्पतालमा ओबामाले बालबालिका, अभिभावक र नर्सहरूसँग कुराकानी गरेका थिए।

ओबामाको यो कार्यले विश्वभरका सामाजिक संजाल प्रयोगकर्ताले प्रसंसा गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.