|

गुल्मी : गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका-१ हुँगाको भिरमा घाइते अवस्थामा फेला परेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्‍ज पठाइएको छ। घाइते चितुवालाई सामान्य उपचारपछि चितवन राष्ट्रिय निकुञ्‍ज पठाइएको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला वन डिभिजन कार्यालय गुल्मीका नासु नवीन पन्थीका अनुसार घाइते चितुवालाई वन डिभिजन कार्यालय गुल्मीमा ल्याई सामान्य उपचार गरिएको हो। उपचारका लागि चितवनबाट निकुञ्‍जका डाक्टरहरूको समूहले उपचार गरेको र चितुवालाई निकुञ्‍जमा लगिएको जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.