|

धनकुटा : नेपाल प्रेस युनियन धनकुटा शाखाको नवौँ जिल्ला अधिवेशनबाट हिमा चेम्जोङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ। खुला उपाध्यक्षमा नरेन्द्र राई, समावेशी उपाध्यक्षमा अजयसन्तोषी राई, सचिवमा विकास घिमिरे, सहसचिवमा शर्मिला राई र कोषाध्यक्षमा पूर्णकुमार चौधरी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा आशीष लिम्बू, करुणा कटुवाल, बलराम चौधरी, धनबहादुर परियार, विजयशेखर श्रेष्ठ, टीकाराम कटुवाल निर्विरोध चयन भएको नवनिर्वाचित उपाध्यक्ष नरेन्द्र राईले जानकारी दिए।

युनियनको केन्द्रीय प्रतिनिधिमा राजेश्वरबहादुर श्रेष्ठ, खगन्द्र घिमिरे, विदुर खवास, सुमना तिम्सिना, हरिबहादुर लम्जेल छानिएका छन् भने प्रदेश प्रतिनिधिमा कविराज घिमिरे, विनोद घिमिरे, टकलाल राई छानिएको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए। शनिबारदेखि दुईदिनसम्म चलेको अधिवेशनको प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले उद्‍घाटन गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.