|

कालिकोट : जिल्लाको तिलागुफा नगरपालिका– ४ राचुँली गाउँ सडक संजालले छोएको छ। राँचुली घताडदेखि पानीखाल हुदैँ राँचुलीसम्म ४ किलोमिटर सडक निर्माण भएपछि सडक संजालसँग जाडिएको हो।

सडक निर्माण भएपछि सवारीसाधन संचालनमा सहज भएको छ। २० लाख रुपैयाँमा ४ किलोसडक निर्माण भएको र सडकको स्तरोन्नतिका लागि थप बजेट विकास गरिने वडा अध्यक्ष खड्कबहादुर शाहीले बताए। ‘२० लाख रुपैयाँ सडक निर्माण भएको हो।’ उनले भने,‘यसभन्दा पहिला सडक संजालले नछोएको गाउँमा अब सडक संजालले छोएको छ।’

नगरपालिका भित्रका सबै वडामा सडक पु¥याउने लक्ष्य नगरपालिकाकाले लिएको नगरपालिकाले पहिलो प्राथमिकतामा सडकलाई राखेको र चालु आर्थिक वर्षमा १० वटा वडामा सडक पुगिसकेको नगरपालिकाले जनाएको छ। ११ वटा वडा रहेको नगरपालिकामा १ वडामा मात्र सडक पुग्न बाँकी रहेको जनाएको हो। आफूहरुले यो आर्थिक वर्षमा नगरपालिकामा सडकलाई प्राथमिकता दिएको र १० वडामा सडक संजालले छोएको नगर प्रमुख रतनवहादुर शाहीले पहिलो वर्षमै १० वटा वडामा सडक खनिएको बताए। ‘कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक तिला नदीको तिरैतिर गएको छ।’ उनले भने,‘राजमार्गसँग जोडिन गाउँ गाउँमा सडक निर्माण भएका छन्।’

चालु आर्थिक वर्षमा सडकलाई पहिलो प्राथमिकता दिएको त्यो लक्ष्य पुरा भएको आगामी आर्थिक वर्ष सडक स्तरोन्नति अन्य सामाजिक विषयमा बजेटलाई केन्द्रित गर्ने नगर प्रमुख शाहीले बताए। ‘हामीले चालु आर्थिक वर्षमा सबै वडामा सडक पुर्‍याउने लक्ष्य राखेको थियौं। त्यो पूरा भएको छ।’ उनले भने,‘आगामी आर्थि वर्षमा अन्य सामाजिक लगायतका क्षेत्रमा बजेटलाई केन्द्रित गरिनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.