|

काठमाडौं : नेपाल बैंक लिमिटेडले मंगलबार आफ्नो ८० औं वार्षिकोत्सव मनाउँदैछ। नेपालको पहिलो बैंकका रुपमा विक्रम सम्बत् १९९४ कार्तिक ३० गते नेपाल बैंकको स्थापना भएको थियो। 

बैंकले गएको आर्थिक वर्षमा ३ अर्ब १ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको र यो इतिहासकै बढी भएको बैंकको दावी छ। गएको आर्थिक वर्षको वित्तिय परिसूचकले बैंकको सफलताको उत्साहजनक नतिजा देखिएको र यसले सकारात्मक उर्जा थपिएको बैंकका अध्यक्ष जनार्दन शर्मा आचार्यले बताए। 

बैंकमा ११ लाख निक्षेपकर्ता र १ लाखको हाराहारीमा कर्जा सापटीका ग्राहक रहेका छन्। काठमाडौंको जुद्ध सडकबाट बैंकिंग कारोबार सुरु गरेको बैंकले अहिले देशका विभिन्न ठाउँमा १ सय २६ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ। नेपाल बैंक लिमिटेडमा अहिले स्थायी, करार र ज्यालादारी गरी २ हजार ३ सय ५५ कर्मचारी कार्यरत छन्। 

बैंकको वार्षिकोत्सवका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना प्रविधीको प्रयोग गरी बढी भन्दा बढी जनतालाई अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउन  र प्रतिस्पर्धात्मक बैंकिङ्ग क्षेत्रमा सधैं विशिष्ट पहिचान कायम गर्न सकोस् भन्ने कामना गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.