|

काठमाडौं : संघीय संसद सचिवालयका कर्मचारीले बुधबारदेखि सुरु भएको हिउँदे अधिवेशनमा १०-४ भन्दा बाहिर काम नगर्ने बताएका छन्। संघीय संसद सचिवालय कर्मचारी युनियनले बुधबार आयोजना गरेको संसदीय मामिला पत्रकार समाजसँग गरेको अन्तरक्रियामा कार्यक्रममा उक्त कुराको जानकारी दिएको हो। सचिवालय कर्मचारी युनियनले बुधबारको बैठकलाई भने समर्थन गर्ने भएको छ।

संघीय संसदअन्तर्गत दुवैवटा सदनका १६ वटा समितिहरूको बैठक व्यवस्थापनलगायतका काम गर्नुपर्ने र त्यसका लागि बिहानदेखि बेलुकासम्म खटिनु पर्ने अवस्थामा साउन १ गतेदेखि विगतमा दिँदै आएको अतिरिक्त सेवा सुविधाहरू कटौती गरेको भन्दै कर्मचारीहरूले १०-४ भन्दा बाहिर काम नगर्ने बताएका हुन्। संसद सचिवालयको कामको चाप र सेवाको प्रकृतिलाई हेरर विगतमा प्रोत्साहनस्वरूप अतिरिक्त सुविधा प्रदान हुँदै आएको थियो। बिहान बेलुका एवं सार्वजनिक विदाका दिनमा समेत आफूहरू काममा खटिएको तर त्यसअनुसार आफूहरूले पाउनु पर्ने सेवासुविधा नपाएकोमा उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.