|

काठमाडौं : प्रधानन्यायधीशमा सिफारिस चोलेन्द्रशमशेर जबराविरुद्ध परेका उजुरीबारे बिहीबार संसदीय सुनुवाइ समितिमा छलफल हुने भएको छ।

समिति सचिवालय सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा समिति सदस्यहरुबीच जबराबिरुद्ध परेका उजुरीबारे छलफल हुन लागेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। जबराविरुद्ध आठ वटा उजुरी परेको सभापति कर्णको भनाइ छ।

बैठकमा जबराविरुद्ध परेका उजुरी खोलेर समिति सदस्यहरुबीच छलफल गर्नुका साथै उजुरीकर्ताहरूसँगको छलफल पनि आजै सुरु हुने समिति सदस्य पूर्णकुमारी सुवेदीले बताइन्। प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध गत पुस २ गतेदेखि सार्वजनिक उजुरी आह्वान गरिएको थियो।

संवैधानिक परिषदको बैठकले मंसिर २७ गते सर्वसम्मत रूपमा जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । वर्तमान प्रधानन्यायाधीश ओमप्रकाश मिश्र पुस १७ गते उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। मिश्रले आजबाट कुनै पनि मुद्दाका सुनुवाई नगर्ने सर्वोच्च अदालत जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.