|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले संसदमा पेश गरेको कर्मचारी समायोजन अध्यादेश, २०७५ फिर्ता लैजान माग गरेका छन्। उनले केही कर्मचारीको स्वार्थमा अध्यादेश ल्याएकाले फिर्ता लैजान माग गरेका हुन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसद थापाले अध्यादेशले कर्मचारी आन्दोलित भएको बताए। उनले भने, 'अध्यादेशविरुद्ध सिंहदरबारमा नै कर्मचारी आन्दोलनमा छन्। सरकार कर्मचालाई थांने भनेर अगाडी बढ्छ कि समाधान खोज्छ?'

थापाले शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको कर्मचारी समायोजन ऐन, २०७४ लाई कार्यान्वयनमा लैजानुभन्दा पनि वर्तमान सरकारले अध्यादेश ल्याएर झन जटिलता थपेको बताए। उनले भने, 'देउवा सरकारले बनाएको कर्मचारी समायोजन ऐन कार्यान्वयनमा ल्याएको भए समस्या आउने थिएन। प्रधानमन्त्री ओलीले काम गर्नेभन्दा बोल्ने गर्नुभयो। उहाँको काम कि बोल कि पोल भन्ने पाराको भयो।'

'केही कर्मचारीको स्वार्थमा समायोजन अध्यादेश आएको छ', थापाले भने, 'यसलाई फिर्ता लगेर सरकारले नयाँ विधेयक बनाउन प्रक्रिया अगाडि बढाओस्, हामी रातदिन काम गर्न तयार छौँ। एउटै सेवामा एकैपटक प्रवेश गर्ने कर्मचारीमध्ये एउटा मुख्यसचिव बन्न पाउने अर्को तलै रोकिनुपर्ने अवस्था हुनुहुँदैन।'

सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री लालबाबु पण्डितले पुस ११ गते कर्मचारी समायोजन अध्यादेश संसदमा पेश गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.